प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा झन्डै तीन घण्टा लामो छलफल भएको छ।
बिहान ११ बजेदेखि सुरु भएको उक्त भेटवार्ता आगामी निर्वाचनको तयारीमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।
भेटका क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडानमा रहेको स्पष्ट पार्दै त्यसका लागि आफ्नो पार्टी पूर्ण रूपमा तयार रहेको जानकारी गराएका थिए।
दुई नेताबीच निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध, राजनीतिक वातावरण र दलीय सहमतिका विषयमा समेत गहन परामर्श भएको बताइएको छ।
Visited 12 times, 1 visit(s) today








Leave a Reply