पार्टीभित्र घेराबन्दी भएपछि बहुलाए गगन, दिए यस्ताे चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको कार्यसम्पादन समिति बैठकभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई सङ्ख्याको बलमा घेराबन्दी गरिएको भन्दै नेतृत्वलाई चेतावनी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले नेताहरूले बैठकको साँघुरो घेराभित्र दम्भ देखाए पनि आफूहरूको साथमा देशभरका पार्टी कार्यकर्ता र शुभेच्छुकहरूको ठूलो शक्ति रहेको जिकिर गरे ।

महामन्त्री थापाले बैठकमा नेताहरूलाई सम्बोधन गर्दै आफूहरूलाई घेराबन्दी गरेर कमजोर पार्न खोजिए पनि बाहिरको फराकिलो घेरा अर्थात् आम कार्यकर्ताको साथले आफूहरूलाई थप बलियो बनाएको बताए ।

नेतृत्वले सङ्ख्याको आधारमा पेल्न खोजेकाले अब आफूहरू चुप लागेर नबस्ने र पार्टीको वास्तविक पङ्क्ति एवं समर्थकहरूको बीचमा गएर सबै विषय राख्न बाध्य हुने उनको भनाइ थियो ।

पार्टीभित्रको आन्तरिक सङ्घर्षलाई अब कार्यकर्ताको अदालतमा लैजाने सङ्केत गर्दै उनले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

Visited 38 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *