भारतबाट प्रचण्ड फर्किएलगत्तै सिट बार्गेनिङ सुरु

भारत भ्रमणबाट सोमबार राति स्वदेश फर्किएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानैदेखि आन्तरिक राजनीतिक छलफलमा व्यस्त भएका छन्।

नयाँदिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता र एकता सन्देश सभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डको ध्यान अब राष्ट्रिय सभा निर्वाचनमा मोडिएको छ।

आगामी निर्वाचनका लागि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच त्रिपक्षीय तालमेलको तयारी भइरहेको छ। स्रोतका अनुसार एमाले र कांग्रेसलाई ७/७ सिट तथा नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट दिने ‘अनौपचारिक मोडेल’मा छलफल भइरहेको छ।

तर, प्रचण्डले भने मधेश प्रदेशका साना दलहरूलाई पनि समेटेर मतभारका आधारमा ‘सम्मानजनक सिट’ बाँडफाँट हुनुपर्ने अडान राख्दै छलफललाई अघि बढाएका छन्।

Visited 32 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *