४४ वर्षीया हिन्दु विधवामाथि सामूहिक बला*त्कार

बंगलादेशमा हिन्दु समुदायमाथिको हिंसा रोकिएको छैन । पछिल्लो घटनामा झेनाइदह जिल्लाको कालीगञ्ज इलाकामा ४४ वर्षीया एक हिन्दु विधवा महिलामाथि सामूहिक बलात्कार भएको छ ।

आरोपितहरूले बलात्कारपछि महिलालाई रूखमा बाँधेर कुटपिट गर्नुका साथै उनका कपाल काटिदिएर पूरै घटनाको भिडिओ पनि बनाएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

पीडित महिलाले सोमबार दिउँसो कालीगञ्ज प्रहरी चौकीमा ४ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस मामिलामा एक आरोपित हसन नाम गरेका ४५ वर्षीय एक व्यक्तिलाई हिरासतमा लिएको छ, जो सोही इलाकाका बासिन्दा हुन् ।

प्रहरी र स्थानीय मानिसका अनुसार महिलाले करिब दुई वर्षअघि आरोपी शाहीनका भाइबाट सोही गाउँमा एक घर र जग्गा किनेकी थिइन् । त्यस समयदेखि नै शाहीनले उनलाई लगातार पैसा माग्दै र विभिन्न तरिकाले दुःख दिँदै आएका समाचारमा उल्लेख छ ।

ती महिलाका दुई पुरुष नातेदार शनिबार साँझ उनलाई भेट्न आएका थिए । त्यसै बेला शाहीन र हसन जबरजस्ती घरमा प्रवेश गरे । उनीहरूले महिलाका नातेदारलाई एक कोठामा बन्द गरेर महिलालाई अर्को कोठामा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

त्यसपछि आरोपितहरूले महिला र उनका नातेदारहरूलाई घरबाट बाहिर घिसारेर रूखमा बाँधिदिए र उनीहरूमाथि अश्लील तथा अनैतिक गतिविधिहरूको झूटा आरोप लगाए ।

शनिबार राति स्थानीयहरूले ती महिलालाई गम्भीर अवस्थामा देखेर अस्पतालमा भर्ना गराएका थिए । महिला सोही गाउँमा आफ्नो १० वर्षीय छोरासँग बस्दै आएकी छन् ।

Visited 55 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *