कोठाको चुकुल लगाएर गोली हानेर आत्महत्या

भक्तपुरको मध्यपुर ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

ठिमी नगरपालिका–६, राईटोलमा बस्दै आएका ४० वर्षीय सनिप चाम्लिङ राईले सोमबार दिउँसो आफ्नै कोठामा गोली हानेका हुन् ।

प्रहरीका अनुसार राईले साढे चार तले पक्की घरको चौथो तलामा रहेको आफ्नै कोठाको चुकुल लगाएर दिउँसो साढे ३ बजेतिर आत्महत्या गरेका हुन् । घटनास्थलबाट ’जिएस–५’ लेखिएको जर्मन बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

अविवाहित रहेका राईले प्रयोग गरेको उक्त हतियार अवैध हो वा इजाजत प्राप्त भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण भन्ने खुल्न बाँकी छ ।

Visited 23 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *