सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा विभत्स हत्या गरिएका वन रक्षक ४७ वर्षीय रामईश्वर महतोको टाउको फेला परेको छ ।
शनिबार टाउको बिनाको शरीर मात्र फेला परेकोमा आइतबार मध्यान्ह घटनास्थलबाट करिब १०० मिटर उत्तरतर्फको झाडीमा टाउको फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार, तालिमप्राप्त कुकुर र सुरक्षाकर्मीको टोलीले खोजी गर्ने क्रममा झाडीमा लुकाइएको अवस्थामा टाउको फेला पारेको हो ।
परियोजना वनमा चौकिदार (वन संरक्षक) का रूपमा कार्यरत महतो शनिबार बिहान ५ बजेतिर वनमा रूख काटेको आवाज सुनेपछि घरबाट निस्किएका थिए ।
दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्दा उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले शव फेला परेको स्थान नजिकै रगत लागेको बञ्चरो समेत बरामद गरेको छ ।
Visited 2,137 times, 1 visit(s) today















Leave a Reply