धमालीमा भाद्र १ गते कृष्ण जात्रा मनाइँदै

अछामको तुर्माखाँद गाउँपालिका–८, धमालीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य कृष्ण जात्रा (मेला) आयोजना हुने भएको छ । परम्परागत रूपमा हुँदै आएको यो जात्रा आगामी भाद्र १ गते आइतबार हुनेछ ।

मेलामा देउडा कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । खकेन्द्र उपाध्याय, भुवन अधिकारी, बालाराम खत्री, कृष्ण धमाला, धर्म शाही, भक्त शाही, तुला विष्ट, ललित ढोली, गोपी नेपाली, तुल्सी थापा र कल्पना नेपालीलगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

कलाकारहरूको प्रस्तुतिसँगै स्थानीय महिलाहरूको रत्यौली र न्याउले खेल पनि समावेश गरिएको छ । जात्रामा श्रीकृष्ण भगवानको पूजा–अर्चना पनि गरिनेछ । 

आयोजकले यस जात्रामा सहभागी हुन वडाध्यक्ष निरकबहादुर शाहीले सबै स्थानीय, छिमेकी पालिका तथा जिल्लाका भक्तजन, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेका छन् ।

Visited 52 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *