नेकपा माओवादी केन्द्रको अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको पदाधिकारी बैठक शनिबार सम्पन्न भएको छ ।
नेपाल कमर्स क्याम्पस मिनभवनमा भएको बैठकले पार्टीप्रति आस्थावान् अछामवासीहरूलाई सहभागी गराई २०८२ साउन १७ गते काठमाडौंमा वृहत् प्रशिक्षण कार्यक्रम गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।
अध्यक्ष भरत रावलको अध्यक्षतामा बसेको बैठकमा महान् जनयुद्ध र जनआन्दोलनका ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज शरद सिंह भण्डारी प्रमुख अतिथि र केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज दीपक साउद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
यसका साथै, समितिका पूर्वअध्यक्षहरू खकेन्द्र रावल, राजन वि.क., अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रेम जैसी र सुदूरपश्चिम सम्पर्क समन्वय समितिका संयोजक गणेश बुढा पनि अतिथि थिए ।
बैठकले उपत्यकामा विभिन्न पेसा–व्यवसायमा संलग्न र अध्ययनरत अछामवासीहरूको व्यापक सहभागिता सुनिश्चित गर्दै प्रशिक्षण कार्यक्रमलाई सफल बनाउने लक्ष्य राखेको छ ।












Leave a Reply