नाउपाको अध्यक्षबाट रञ्जिता आउट, लालवीरको इन्ट्री

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को नयाँ अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका नेता गंगाराम चौधरीले बताए । बर्दिया–२ बाट संघीय सांसद निर्वाचित लालवीर चौधरी रेशम चौधरीकै बुवा हुन् ।

रेशम चौधरीका अनुसार, रञ्जिता श्रेष्ठलाई आफूमाथि लागेको आरोपबारे राष्ट्रिय भेलामा आएर स्पष्ट पार्न आग्रह गरिए पनि उनले बेवास्ता गरेपछि पार्टीले नयाँ नेतृत्व चयन गरी निकास दिएको हो ।

यसअघि, रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । रञ्जिता पोखराको लिची बगान जग्गा प्रकरणमा मुछिएपछि नाउपाभित्र विवाद चर्किएको हो ।

यसैबीच, रेशम भेलाको निर्णयबारे कानुनी उपचार खोज्ने तयारीमा रञ्जिता पक्ष लागेको छ । पार्टीको विवाद चर्किँदै गएको अवस्थामा रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई पार्टी हितविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् ।

Visited 18 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *