कालिकेश्वरी माविमा अंग्रेजी शिक्षकको लागि आवेदन दिन आह्वान

अछामको तुर्माखाँद गाउँपालिका–४ मा रहेको श्री कालिकेश्वरी माध्यमिक विद्यालयले माध्यमिक तह (कक्षा ११–१२) का लागि द्वितीय श्रेणी, राहत÷अनुदान कोटाको अंग्रेजी विषय शिक्षक पदमा आवेदन खुला गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार, इच्छुक उम्मेदवारहरूले साउन ७ गतदेखि साउन २१ गतेसम्म १५ दिनभित्र रितपूर्वक आवेदन पेस गर्न सक्नेछन् ।

यस पदका लागि आवेदकले अंग्रेजी विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेकाहरूले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त समकक्षता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।

साथै, आवेदकसँग स्थायी अध्यापन अनुमति पत्र हुनुपर्नेछ र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । सरकारी सेवाका लागि अयोग्य नठहरिएको हुनुपर्ने मापदण्ड पनि राखिएको छ ।

छानिएका उम्मेदवारहरूको तलब नेपाल सरकारले तोकेको प्रचलित स्केलअनुसार हुनेछ । परीक्षाको किसिम लिखित, मौखिक वा अन्तर्वार्ता र आवश्यकताअनुसार प्रयोगात्मक समेत हुन सक्नेछ । परीक्षा केन्द्र शिक्षा विकास तथा समन्वय इकाई, मंगलसैन, अछाम तोकिएको छ ।

पाठ्यक्रम र पूर्णाङ्कसम्बन्धी थप जानकारी शिक्षा विकास तथा समन्वय इकाई अछामबाट लिन सकिने विद्यालयले जनाएको छ ।

Visited 40 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *