भारतमा एयर इन्डियाको विमान दुर्घटना

भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी सहरमा रहेको विमानस्थल नजिकै लन्डनका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको केहीबेरमै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा २४२ जना यात्रु सवार थिए । प्रारम्भिक विवरण अनुसार घटनास्थलबाट बाक्लो कालो धुवाँ उठेको देखिएको छ ।

दुर्घटनापछि सातवटा दमकलसहित आपतकालीन उद्धार टोली घटनास्थलमा परिचालित गरिएको छ ।

Visited 12 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *