अछाममा खोलामा चिप्लिएर खसेकी एक बालिकाको मृत्यु भएको छ ।
बुधबार दिउँसो मेल्लेख गाउँपालिका–४, सेलगाउँकी ७ वर्षीया कृति साउँदको इगडी खोलामा खसेर ज्यान गएको हो ।
प्रहरीका अनुसार, उनी मामासँग औषधि उपचार गरेर फर्कने क्रममा खोलाको साँघुरो बाटोबाट चिप्लिएर खसेकी थिइन् ।
खोलाले बगाएर बेपत्ता भएकी उनको शव करिब ३ किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
Visited 20 times, 1 visit(s) today














Leave a Reply