नेकपा अछामद्वारा ‘उत्पादन नीति’ अन्तर्गत भम्केलीमा धान रोपाइँ सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टीको केन्द्रीय उत्पादन नीतिलाई व्यवहारमा उतार्दै तुर्माखाँद गाउँपालिका वडा नं. ८, भम्केलीमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।

एक बिघा क्षेत्रफलमा गरिएको उक्त रोपाइँ कार्यक्रम पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको नेतृत्व नेकपाका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज मीना सीले गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला सचिव निरक सी, पार्टीको जिल्ला उत्पादन विभाग प्रमुख तथा तुर्माखाँद इन्चार्ज तिलक सी, वडा नं. ८ का वडा अध्यक्ष निरक शाही लगायत स्थानीय पार्टी कार्यकर्ता, जनसाधारण र कृषिप्रेमी नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

यो धान रोपाइँ कार्यक्रमलाई नेकपाको उत्पादनमुखी अभियान अन्तर्गत गाउँस्तरमा गरिएको एक व्यावहारिक अभ्यास को रूपमा लिइएको छ ।

Visited 16 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *