तुर्माखाँद गाउँपालिकाद्वारा मनसुनजन्य विपद्बाट बच्न सतर्कता अपनाउन आग्रह

तुर्माखाँद गाउँपालिकाले मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिमबाट बच्न पूर्वतयारी तथा सतर्कता अपनाउन सम्पूर्ण पालिका बासीहरुलाई आग्रह गरेको छ ।

गाउँपालिका कार्यालयले जारी गरेको सतर्कता अपनाउनुपर्ने सम्बन्धी सूचनामार्फत यस वर्ष असार महिनामा भारी वर्षा भएको र मनसुन सक्रिय भइसकेको जानकारी गराएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा र मनसुन पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी अनुसार यस वर्ष देशभर सरदर भन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशत रहेको छ ।

यसैगरी, प्रदेश नम्बर १ देखि ७ नम्बर प्रदेशसम्म ४५ प्रतिशत भन्दा बढी क्षेत्रमा मनसुनी सक्रियता रहने र अछाम जिल्लामा समेत सरदर भन्दा बढी वर्षा अनुमान गरिएको हुँदा गत वर्षको तुलनामा यो वर्ष थप जोखिमपूर्ण हुनसक्ने गाउँपालिकाले औँल्याएको छ ।

गाउँपालिकाले वर्षातको समयमा बाढीपहिरो, डुबान, कटान लगायतका विपद्जन्य घटनाबाट बच्न आवश्यक पूर्व सतर्कता अपनाउन र विपद्को पूर्व जानकारीका लागि निम्न सम्पर्क व्यक्ति तथा निकायहरूसँग समन्वय गर्न अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बर बी.सीद्वारा हस्ताक्षरित यस सूचनामा सबैलाई विपद् न्यूनीकरणका लागि सहयोग गर्न आग्रह गरिएको छ ।

Visited 26 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *