तुर्माखाँद गाउँपालिकाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसईइमा अंग्रेजी, गणित र विज्ञान विषयमा नन ग्रेडेड नतिजा ल्याएका विद्यार्थीहरूका लागि निःशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालन गरेको छ।
गाउँपालिकाको आयोजनामा हुने यो कक्षाले विद्यार्थीहरूलाई आफ्नो नतिजा सुधार्ने अवसर प्रदान गरेको हो।
तुर्माखाँदको कालिकेश्वरी माध्यमिक विद्यालयमा २०८२ यहि असार २५ गते बिहान १० बजेदेखि अंग्रेजी, गणित र विज्ञानका कक्षाहरू सञ्चलान भइरहेका छन्।
गाउँपालिकाले सम्बन्धित विद्यार्थी, अभिभावक तथा विद्यालयहरूलाई यस जानकारीका लागि अनुरोध गरेको छ।
Visited 33 times, 1 visit(s) today















Leave a Reply